मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शून्य समय : उपसभामुखको खोजीदेखि बलात्कार मुद्दामा राजनीतिक हस्तक्षेपको आरोपसम्म

शून्य समय : उपसभामुखको खोजीदेखि बलात्कार मुद्दामा राजनीतिक हस्तक्षेपको आरोपसम्म

'उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली छ। तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्छु,' थापाले भनिन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले  उपसभामुख र उपाध्यक्षको खोजीदेखि राजनीतिक पहुँचवाला व्यक्ति बलात्कारको अभियुक्तलाई जोगाउन लागेकोसम्मका विषयमा प्रश्न उठाएका छन्। आइतबारको बैठमा अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरिन्। 

National life

'उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली छ। तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्छु,' थापाले भनिन्। यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानुन संशोधन गरेर भएपनि खालि ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन्। 

प्रतिनिधि सभा सदस्य आशाकुमारी विकले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गरिन्। उनले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गरेकी थिइन्। 

इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताइन्। संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न उनको माग छ। 

कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचार आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीका

क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै उहाँले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गरे। 

कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग उनको माग छ। 

प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई गर्न माग गरे। 

दार्चुलाका सांसद गणेश सिंह ठगुन्नाले बजारमा महँगी बढेकाले बजारमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। 

गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको आरोप लगाइन्। मुद्दा कमजोर  बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उनले सरुवा बदर गर्न माग गरेकी छन्। महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामासमेत उनले माग गरेकी छन्। 

प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले सुशासनको प्रत्याभुति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभुति हुने गरी काम हुनुपर्ने धारणा राखेका छन्। 

प्रकाशित: Jun 26, 2022| 15:57 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।