आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धन मूल्य घटाएपछि अन्य वस्तुको मूल्य घटाउन निर्देशन, अनुगमनमा कडाई

इन्धन मूल्य घटाएपछि अन्य वस्तुको मूल्य घटाउन निर्देशन, अनुगमनमा कडाई

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएपछि अन्य वस्तुहरुको पनि मूल्य घटाइने जानकारी दिएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएपछि अन्य वस्तुहरुको पनि मूल्य घटाइने जानकारी दिएका छन्। 

आइतबार प्रतिनिधिसभामा संसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री बडूले आइतबारै दिउँसो ४ बजे मन्त्रालयमा सम्बन्धित मन्त्रालयका सचिवसहितको बैठक बस्ने र कुनकुन निकायले कुन कुन वस्तुमा कति कति मूल्य घटाउनुपर्ने हो त्यसका लागि तयारी गर्ने बताएका हुन्। बैठकपछि मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गरिने मन्त्री बडूको भनाइ छ। 

'अहिले ४ बजे केन्द्रीय अनुगमन समितिको बैठक बस्दै छ। सो समितिले यातायात, ढुवानी र उपभोग्य वस्तुको मूल्य अनिवार्य रुपमा घटाउन सम्बन्धित निकायलाई निर्देशन दिनेछ,’ मन्त्री बडूले भने।  

मूल्य घटाउन निर्देशन मात्र दिएर नपुग्ने भन्दै उनले अनुगमन गरी निर्देशित मूल्य नघटाएमा कारबाही गर्ने पनि जानकारी दिए। 

सरकारले आजदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको छ। अब प्रतिलिटर पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ। 

प्रकाशित: Jun 26, 2022| 15:32 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्