मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हैजा नियन्त्रण गर्न ललितपुरमा माइकिङ, पानीपुरी बिक्रीमा रोक

हैजा नियन्त्रण गर्न ललितपुरमा माइकिङ, पानीपुरी बिक्रीमा रोक

ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ। काठमाडौं उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो। 

National life

बाटोबाटोमा ठेलागाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए।  उनले भने, ‘अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ।’

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ। हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए। महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ।

स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ। एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी बिक्रीवितरणमा थप कडाइ गरिने  हाछेँथुले जानकारी दिए।


प्रकाशित: Jun 26, 2022| 14:43 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।