सोमबार, असार ८, २०८३

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा

भिभोको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेको भएको छ। वाई सिरिज अन्तर्गतको युवाउन्मुखी अत्याधुनिक वाई ५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- भिभोको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेको भएको छ। वाई सिरिज अन्तर्गतको युवाउन्मुखी अत्याधुनिक वाई ५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ। यो एकसाथ धेरै एपहरु प्रयोय गर्दा पनि स्मुद अनुभव सुनिश्चित गर्न ८ जीबी प्लस ४ जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ।

National life

यसको साथै ४४ वाट फ्ल्यास चार्जले यसलाई फेशनेबल र टेक सेभी प्रयोगकर्ताहरुका लागि प्रचुर विशेषताहरुले भरिपूर्ण स्मार्टफोन बनाउँछ।

वाई ५५ ले भिभोको उल्लेखनीय नवीन डिजाइन र प्रविधि समावेश गर्दछ। जसले उपभोक्ताहरूलाई १२८ जीबी ठूलो मेमोरी (जसलाई १ टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्रीका साथ शक्तिशाली प्रदर्शनमार्फत आफ्नो व्यक्तित्व झल्काउने क्षमता प्रदान गर्दछ।

यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको छ। सामाजिक संजाल र वास्तविक जीवनमा अप्टुडेट रहन नवीन विशेषताहरूसहित पावर–प्याक उपकरण खोज्ने युवा प्रयोगकर्ताहरुको जीवनशैली अनुरुप वाई ५५ लाई रणनीतिक रूपमा डिजाइन गरिएको छ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘उपभोक्ताहरूको माग र आवश्यकताहरुलाई पूरा गर्न भिभो प्रयासरत छ। यही कारणले गर्दा हामीले युवा केन्द्रित वाई सिरिजमा सबैका लागि अत्याधुनिक विशेषताहरु प्रदान गर्ने दृष्टिकोण राखेका छौं। हामीले वाई सिरिजका मोडेलहरूमा उपभोक्ताको प्रतिक्रिया लिएका छौं र उनीहरूको दैनिक जीवनशैलीलाई सुहाँउदो स्टाइल र कार्यसम्पादनको सहज अभिसरण गर्दै वाई ५५ मा विचारशील र प्रभावकारी सुधारहरू गरेका छौं।

Shivam cement

एक्सटेन्डेड र्याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्टफोन बनाएको छ। यो उपकरणले युवा पुस्ताको बानी, प्राथमिकता र आकांक्षाहरूबारे भिभोको गहिरो बुझाइलाई दृढतापूर्वक प्रतिबिम्बित गर्छ र हाम्रा प्रयोगकर्ताहरूको जीवनमा उत्कृष्ट अनुभव र सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रयासलाई झल्काउँछ।’

वाई ५५ मा अल्ट्रा स्टेबल भिडियो सुविधा छ जसले स्मुद, स्टिडी र स्थिर भिडियो खिच्नको लागि ह्यान्ड–होल्ड शटहरूमा क्यामेरा शेक हटाउन फ्रेमलाई इलेक्ट्रोनिक रूपमा समायोजन गर्दछ। यस स्मार्टफोनमा उत्कृष्ट क्यामेरा अनुभवका लागि मल्टि फेम डिनोइजिंग एल्गोरिदम, स्टाइलिश नाइट फिल्टरहरू, फन सट, एआई फेस ब्यूटी र डबल एक्सपोजर लगायतका विशेषताहरु पनि छन्।

वाई ५५ मा ८ जीबी र्याम (जसमा ४ जीबी भर्चुअल र्याम थप्ने सकिन्छ) र १२८ जीबी रोम (जसलाई १ टिबीसम्म बढाउन सकिन्छ) रहेको छ। यसमा ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ। जसले स्मार्टफोनलाई छिटो पावर अप गर्न, विशाल ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको आनन्द लिन मद्दत गर्छ। वाई ५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ। जसले कम पावर खपत गर्छ र एप्लिकेसन र गेमहरूको लागि स्मुद र स्थिर प्रदर्शन प्रदान गर्दछ। यसको साथै, वाई ५५ मा रचनात्मक अनुभवको लागि अल्ट्रा गेम मोड २.०, मल्टि–ट्युबो ५.५, अडियो सुपर रिजोल्युसन, सुपर सिस्टम प्रोसेस, नानो म्युजिक प्लेयर, र एन्ड्रोइड १२÷फन टच ओएस १२ छन्।

वाई ५५ ले आधुनिक डिजाइन र चम्किलो रङहरूका साथ लक्जरीलाई पुनःपरिभाषित गर्दछ। जुन नयाँ पुस्ताका परिवर्तनशिल जीवनशैलिसँग मिल्छ। प्रिमियम डेकोरेटिभ रिङ भएको थ्रीडी आकारका साथ यो उपकरण अन्यभन्दा उत्कृष्ट छ। यो स्मार्टफोन अत्यन्तै हल्का वजनको छ।

यसको थ्रीडी प्लास्टिक सिटले एक स्मुद र आरामदायी फिनिश प्रदान गर्दछ जसबाट प्रिमियम अनुभूति लिन सकिन्छ। वाई ५५ को ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्लेले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ। साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ।

वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ। नेपाली बजारमा यस स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको छ। भने ग्राहकहरुले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्नेछन्।

प्रकाशित: Jun 26, 2022| 12:33 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्