आइतबार, असोज ११, २०८३

सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन

सिद्धार्थ बैंकले शुक्रबारबाट ४ अर्ब रूपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– सिद्धार्थ बैंकले शुक्रबारबाट ४ अर्ब रूपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँको दरले ४० लाख कित्ता १०।७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ बिक्री खुला गरेको हो। जसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाउने तथा ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ।

आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले  बैकिङ उद्योग मध्येकै उच्चतम व्याजदर प्राप्त गर्न सक्ने दाबी बैंकले गरेको छ।

बैंकले ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् २४ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ।

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

लगानीकर्तारूले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्रप्राप्त संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने बैंकले बताएको छ।

ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा २०७९ असार १४ गते र ढिलोमा असार २४ गते रहेको बैंकले जनाएको छ। 

प्रकाशित: Jun 26, 2022| 12:30 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्