आइतबार, कात्तिक १, २०८३

नेपाली लेखक संघद्वारा ‘विशिष्ट लेखक पुरस्कार’ घोषणा

नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। 

नेपाली लेखक संघको शनिबार काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। 

नेपाली लेखक संघका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २०८० साल वैशाख १६ गतेदेखि 'लेखक दिवस’ मनाउन मनाउने निर्णय गरेको छ। 

बैठकले उक्त दिन नेपाली लेखक संघका प्रदेश कमिटी र जिल्ला शाखाले 'लेखक दिवस’ मा विशेष कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको हो। 

बि.सं. १९८७ सालमा निरंकुश राणा शासनविरुद्ध संगठीत हुन् सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई 'पुस्तकालय पर्व’ का नामले परिचित छ। 

नेपालमा राजनीतिक दलहरूको स्थापना पूर्व जनस्तरबाट संगठीत भएर निरंकुश शासकविरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो विद्रोह भएको मानिन्छ। यस क्रममा वि.सं. १९८७ वैशाख १६ र १७ गते राज्यद्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यले विभिन्न मुद्दा लगाइ, दण्ड जरिवाना र जेल चलान गरेको थियो। नेपाली लेखक संघले सोही दिनको उच्च स्मरण गर्दै 'लेखक दिवस’ मनाउने निर्णय गरेको हो। 

सोही दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न संघले रकम संकलन गर्न सुरु गरेको छ। पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापनाका लागि केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यबाट मात्रै छ लाख बराबरको रकम संकलन भइसकेको छ।

सुरुवातमै निकै उत्साहपूर्वक रकम संकलन भएकाले अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न संघ/संस्था र व्यक्तिहरूबाट रकम संकलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्‍याउने संकल्प रहेको नेपाली लेखक संघका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले बताए। 

पुरस्कार वितरण गर्न नेपाली लेखक संघले एक कार्यविधि निर्माण गरी स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित रूपमा प्रदान गरिने महासचिव सोझो गाउँलेले बताए।

प्रकाशित: Jun 26, 2022| 12:20 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।