बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको उत्तर प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको छ।

हेलिकप्टरमा चरा ठोक्किएपछि वाराणसी प्रहरी केन्द्रमा आकस्मिक अवतरण गरिएको हो।

आइतबार बिहान उनी प्रहरी लाइनबाट हेलिकोप्टरमार्फत लखनउ जाँदै थिए। उडेको ५ मिनेट मै पाइलटले हेलिकप्टरलाई ल्याण्ड गराएका थिए। मुख्यमन्त्री वतपुर विमानस्थलबाट अर्को विमानमा लखनउ प्रस्थान गरेका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई ध्यानमा राख्दै मुख्यमन्त्री योगी आदित्यनाथ विकास निर्माणको समीक्षा र निरीक्षण गर्न दुई दिने वाराणसी भ्रमणमा छन्।

प्रकाशित: Jun 26, 2022| 11:37 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।