मंगलबार, साउन १९, २०८३

भारी वर्षासँगै कैलालीका केही नदीमा बाढीको जोखिम

अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ। कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ। कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ।

जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसअघि महाशाखाले कास्कीमा सतर्कता अपनाउन आग्रह गरेको थियो।

कास्कीमा गएराति भारी वर्षा भएको थियो। कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा अति भारी वर्षा मापन गरिएको छ।

यस्तै आज नारायणी र यसका साना सहायक नदीहरूमा जल सतह बढ्नसक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ।

अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ। प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।



प्रकाशित: Jun 26, 2022| 10:18 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।