मंगलबार, जेठ ५, २०८३

गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत फेला परेकी छन्। शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत फेला परेकी छन्। शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

National life

लाइभ दोहोरी गीतका कारण चर्चामा रहेकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। ३० वर्षीया गायिका सुनारको घर भने सुर्खेत हो।

शुक्रबार राति आफूलाई बाँच्न मुस्किल भएको भन्दै उनले फेसबुकमा स्ट्याटससमेत लेखेकी थिइन्।

महानगरीय प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ।

केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । 

प्रकाशित: Jun 26, 2022| 08:55 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।