बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनले प्रमाणीकरण गरे बन्दुक नियन्त्रण विधेयक, हिंसाका घटना कम हुने विश्वास

बाइडेनले प्रमाणीकरण गरे बन्दुक नियन्त्रण विधेयक, हिंसाका घटना कम हुने विश्वास

'यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ,' यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि ह्वाइट हाउसमा उनले भने।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

वासिङटन- अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुन प्रमाणीकरण गरेका छन्। दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै बाइडेनले यो कानुन कार्यान्वयनमा आएसँगै  मानिसहरूको जीवन बचाउने काममा सहयोग गर्ने विश्वास गरे। 

'यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ,' यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि ह्वाइट हाउसमा उनले भने। 

शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ। उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए।

पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

प्रकाशित: Jun 25, 2022| 21:57 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।