सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वाधार विकास सरकारको प्राथमिकतामा छ : गृहमन्त्री खाँड

पूर्वाधार विकास सरकारको प्राथमिकतामा छ : गृहमन्त्री खाँड

गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताए। उनले भने, 'पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो।'
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

बुटवल- गृहमन्त्री बालकृष्ण खाँडले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उनले औँल्याएका हुन्। 

National life

गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताए। उनले भने, 'पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो।'

यो पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रूपमा १२ वर्षअघि निर्माण सुरु भएको हो।

पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पुर्‍याउने उल्लेख गर्दै उनले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

सो अवसरमा लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले सङ्घीय सरकारले चालेका कदममा प्रदेश सरकार सहयोगीको भूमिका खेल्न तयार रहेको बताएका थिए। प्रदेशबाट हुने हरेक कामका लागि आफूहरू लागिपर्ने उनको भनाइ छ। 

Shivam cement

विसं २०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाइ तथा १८५ मिटर लम्बाइ छ । कूल रु १३ करोड ८३ लाख १५ हजार ३७८ लागत अनुमान गरिएको पुल रु ११ करोड ७२ लाख ८८ हजार ९०७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इञ्जीनियर अशोक पौडेलले जानकारी दिए। 

प्रकाशित: Jun 25, 2022| 21:45 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्