मंगलबार, साउन १९, २०८३

चौरासी नहर फुटेपछि हेम्जाका ३०० बढी घर डुबानमा

डुबान र पहिरोका कारण ५०० स्थानीय विस्थापित भएको कास्की प्रहरीको प्रारम्भिक तथ्यांक छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

कास्की- गए रातीदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० बढी घर डुबानमा परेका छन्। वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतीराज तिमिल्सिनाले बताए।

पहिरोले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण रूपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेका छन्। डुबान र पहिरोका कारण ५०० हाराहारीमा स्थानीय विस्थापित भएको तिमिल्सिनाले जानकारी दिए। 

बस्तीमा बाढी पस्न थालेपछि राती नै स्थानीय सुरक्षित स्थानतर्फ लगिएकाले मानवीय क्षति हुन पाएको थिएन। उनले भने, ‘निरन्तरको वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि एवं पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याए पनि मानवीय क्षति भएको छैन।  ‘घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको थियो। उनीहरू अहिले विद्यालय, मन्दिर तथा आफन्तकहाँ आश्रय लिइरहेका छन्।’ 

जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले क्षति विवरण संकलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको बताए।

यसैगरी अविरल वर्षाका कारण पोखरा–१६ अर्मलास्थित स्यालघारीमा रामबहादुर मगरको घर पहिरामा बगेर पूर्ण क्षति भएको छ। अर्को एक घर पहिरोमा झुन्डिएको अवस्थामा रहेको र सो क्षेत्रका ११ घर उच्च जोखिमका कारण अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सोही वडाका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए। पहिरोबाट विस्थापितका लागि आमा समूह र सहकारी भवन प्रयोग गरिएको उनले जानकारी दिए।   -रासस


प्रकाशित: Jun 25, 2022| 15:45 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।