मंगलबार, जेठ ५, २०८३

बाँके र बर्दियामा बढ्दै मानव-वन्यजन्तु द्वन्द्व

पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमित हुनु र भौतिक पूर्वाधार विकासले बाघको वासस्थान खण्डित हुँदै जाँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको हो।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

बाँके- गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षा माग गरे।

National life

सो क्षेत्र आसपास वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ की १८ वर्षीया नवीना थारुको मृत्यु भयो भने मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन्।

त्यसको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौशिला पालको मृत्यु भएको थियो।

वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदाय सडक आन्दोलनमा उत्रिने क्रममा गोली चल्दा अनाहकमा सर्वसाधारणको ज्यान गएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए। 

पछिल्ला वर्षमा पश्चिम तराईको बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको छ। गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा ६ गरी २९ जनाको मृत्यु भएको छ। 

दुवै निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधार विकासले बाघको वासस्थान खण्डित हुँदै जाँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको हो। 

बर्दियामा चालू आर्थिक वर्ष २०७८/७९ मा पाँच, २०७७/७८ मा सबैभन्दा बढी १२ जना र २०७६/७७ मा ६ जना गरेर २३ जनाको ज्यान गएको छ।

उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर दुवैको सहअस्तित्व कायम गर्न निकुञ्जले नेपालमै पहिलो पटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताए।

बर्दियाको मधुवन नगरपालिका क्षेत्रका स्थानीयले खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष गुरुङको भनाइ छ। 

पछिल्ला केही वर्षदेखि बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न ६ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ। 

बाँकेमा गत पाँच वर्षमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिए।

उनका अनुसार चालू आवमा बाघको आक्रमण सबैभन्दा बढी भएको छ । वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको छ।  -रासस


प्रकाशित: Jun 25, 2022| 15:31 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।