मंगलबार, जेठ ५, २०८३

एक वर्षमै ५ लाख ७१ हजार बढीले लिए श्रम स्वीकृति

पछिल्लो तथ्यांकअनुसार एक वर्षमै श्रम स्वीकृति लिनेको संख्या करिब चार गुणाले बढेको हो।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या एक वर्षे अवधिमा उल्लेख्य बढेको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको छ।

National life

विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात् जेठसम्म श्रम स्वीकृति लिनेको संख्या ५ लाख ७१ हजार ७७९ पुगेको छ । यो संख्या गत आवको ११ महिनाको तुलनामा करिब चार गुणा बढी हो।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ को ११ महिनामा १ लाख ४६ हजार ४० जनाले मात्रै श्रम स्वीकृति लिएका थिए। पछिल्लो तथ्यांकअनुसार एक वर्षमै श्रम स्वीकृति लिनेको संख्या करिब चार गुणाले बढेको हो।

जेठमा मात्रै ७२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। आव २०७६/७७ मा १ लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएको विभागले बताएको छ।

नेपालमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ का कारण बन्दाबन्दी थियो। त्यसपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका र बिदामा आएर फर्किन लागेका सबै रोकिएका थिए।

कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताले श्रम स्वीकृति लिनेको संख्या बढेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्।

पछिल्लो तथ्यांकअनुसार नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्या कोरोना महामारीअघिकै अवस्थामा पुगेको उनले जानकारी दिए। उनले भने, ‘आर्थिक वर्षको दुई महिना बाँकी रहेकाले यो संख्या ६ लाख नाघ्ने अनुमान गरेका छौं।

तीन वर्षयता आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटे पनि पछिल्लो समय ती मुलुकमा जाने नेपाली श्रमिकको संख्या बढेको छ। 

कोरोना महामारीअघि मासिक ४० हजार हाराहारी युवा कामको खोजीमा वैदेशिक रोजगारीमा जाने गरेकामा चालू आवमा आइपुग्दा औसतमा करिब ५२ हजार पुगेको छ।

प्रकाशित: Jun 25, 2022| 15:16 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।