मंगलबार, जेठ ५, २०८३

सिन्धुपाल्चोक कारागारमा रहेका एक थुनुवाको मृत्यु

सिन्धुपाल्चोकको कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

National life

जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय मइते गोलेको मृत्यु भएको हो।

बिहान हृदयघात भएपछि उनी बसेकै ठाउँमा ढलेका थिए। उनलाई उपचारका लागि चौतारा अस्पताल लगिएको थियो। उपचाररत अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

मृतकको आफन्त आइपुगेपछि पोस्टमार्टम गरिने अस्पतालले जानकारी दिएको छ।

प्रकाशित: Jun 25, 2022| 13:35 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।