बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेह्रथुममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

तेह्रथुममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

तेह्रथुम- तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। 

National life

लसुनेबाट वसन्तपुरतर्फ आउँदै गरेको प्रदेश १- ०२००३ त नम्बरको ट्याक्टर जिरो प्वाइन्टमा शुक्रबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ट्याक्टरमा सवार लालीगुराँस नगरपालिका–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले  जनाएको छ। 

ट्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बु र ट्याक्टरमा सवार २२ वर्षीय ललितकुमार मगरको अवस्था गम्भीर छ। घाइते दुवैको वसन्तपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 25, 2022| 08:07 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।