मंगलबार, साउन १९, २०८३

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका-९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र पाँच पिस नाईट्राभेटसहित एक जना पक्राउ परेका हुन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

धनगढी- कैलालीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका-९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र पाँच पिस नाईट्राभेटसहित एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही नगरपालिका ३ कटानपुर बस्ने २९ वर्षीय सागरकुमार बिकलाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई से३प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागर कुमारलाई खक्रौलास्थित चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 25, 2022| 07:25 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।