मंगलबार, साउन १९, २०८३

बस, ट्यांकर र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते

हेटौंडा उपमहानगरपालिका-९ मा तेल ट्यांकर, यात्रु बोकेको बस र मोटरसाइकल आापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं- हेटौंडा उपमहानगरपालिका-९ मा तेल ट्यांकर, यात्रु बोकेको बस र मोटरसाइकल आापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा शुक्रबार दिउँसो डिजेल बोकेको ट्यांकर र बस आपसमा ठोक्किएका हुन्।

बाराबाट हेटौंडातर्फ आउँदै गरेको लु२ख २७५८ नम्बरको ट्यांकर र नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा८ख ६३४६ नम्बरको बस दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा बारातर्फ जाँदै गरेको लु८६प ६१३० नम्बरको मोटरसाइकलसमेत बसको पछाडि ठोक्किएको छ।

दुर्घटनामा ३ वटै सवारीका चालक र बसमा सवार यात्रुसहित १६ जना घाइते भएका हुन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।

प्रकाशित: Jun 25, 2022| 06:42 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।