शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ओलम्पिक कमिटीको अवार्डबाट पत्रकार, खेलाडी, प्रशिक्षक र संघ सम्मानित

ओलम्पिक कमिटीको अवार्डबाट पत्रकार, खेलाडी, प्रशिक्षक र संघ सम्मानित

ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पहिला पटक आयोजना गरेको अवार्डमा पत्रकार, खेलाडी, प्रशिक्षक र खेल संघ सम्मानित भएका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पहिला पटक आयोजना गरेको अवार्डमा पत्रकार, खेलाडी, प्रशिक्षक र खेल संघ सम्मानित भएका छन्।

National life

नेपाल ओलम्पिक कमिटीले पहिलो पटक आयोजना गरेको अवार्डमा सम्मानित हुनेले नगद ५० हजार पुरस्कारसमेत हात पारेका छन्। पत्रकारहरुतर्फ बेस्ट जर्नालिस्ट इन्ट प्रिन्टबाट कान्तिपुर पब्लिकेसनका राजु घिसिङ सम्मानि भएका छन्। त्यस्तै, टेलिभिजनतर्फ सविना कार्कीले अवार्ड जितेकी छन्। बीबीसीका निरन्जन राजवंशी मल्टिमिडियामा बेस्ट जर्नालिस्ट बनेका छन् भने राजेन्द्र चित्रकारले स्पोर्टस् फोटोग्राफीको अवार्ड जिते।

त्यस्तै, पुरुषतर्फको उत्कृष्ट खेलाडीमा प्रिन्स दहालले अवार्ड पाउँदा महिलातर्फ सोहि विधाको अवार्ड गौरिका सिंहको पोल्टामा परेको छ।

पुरुषतर्फ उत्कृष्ट प्रशिक्षक गल्फका दिपक मगर बन्दा सोही विधाको महिलातर्फको अवार्ड तेक्वान्दोको संगिना वैद्यले जितेकी छन्।

दुई सयभन्दा धेरै खेल संघहरुलाई पछि पार्दै नेपाल तेक्वान्दो संघले उत्कृष्ट संघको अवार्ड जितेको छ। जुन २३, अर्थात् ओलम्पिक डेको अवसरमा अवार्ड वितरण गरिएको थियो। ओलम्पिक डे को अवसरमा स्पोर्टस् फर अल कमिसन नेपालले विगता २२ दिनबाट देशभरी दुई हजारभन्दा धेरै खेल प्रतियोगिता आयोजना गरेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 23, 2022| 20:45 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।