आइतबार, जेठ ६, २०८१

भारतीय क्रिकेटमा डेढ दशकको रोहित यात्रा

दायाँ हाते ओपनिङ ब्याटरका रूपमा रहेका रोहितले हालसम्म २३० वटा एकदिवसीय खेलेका छन् भने ४५ टेस्ट खेलमा सहभागिता जनाइसकेका छन्। लामो समय महेन्द्रसिंह धोनी र विराट कोहलीको कप्तानीमा खेलेका रोहितले यसै वर्षबाट भारतीय टिममा कप्तानीको जिम्मा सम्हालिरहेका छन्।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– सन् २००७ को जुन २३। अर्थात्, आजकै दिन आयरल्यान्डविरुद्ध भारतको राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय मञ्चमा डेब्यु गरेका रोहित शर्माको क्रिकेट करियअरको १५ वर्ष पूरा भएको छ।

triton college

१५ वर्षको अवधिमा उनी अहिले पनि भारतीय टिमको नियमित सदस्य छन्। रोहितले भर्खरै मात्र भारतीय टिमको कप्तानीको जिम्मेवारी पाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेढ दशक पूरा भएपछि उनले खुसी व्यक्त गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज मैले अन्तर्राष्ट्रिय क्रिकेटको १५ वर्ष पूरा गरेको छु। यो खुसीलाई जीवनको बाँकी समय पनि मनाउनेछु।’

राहुल द्रविडको कप्तानीमा डेब्यु गरेको दिन उनले ब्याटिङको अवसर पाएनन किनभने भारतले ९ विकेटको जित निकालेको थियो। त्यसपछि लामो समय महेन्द्रसिंह धोनी र विराट कोहलीको कप्तानीमा खेलेका रोहितले यसै वर्षबाट भारतीय टिममा कप्तानीको जिम्मेवारी पाएका हुन्।

दायाँ हाते आपेनिङ ब्याटरका रूपमा रहेका रोहितले अहिले २३० वटा एकदिवसीय खेलेका छन् भने ४५ टेस्ट खेलमा सहभागिता जनाइसकेका छन्। मुम्बई इन्डियन्सबाट पाँच पटकका आईपीएल विजेता रोहित ३८४ टी२० र १२० टी२० आई खेलेका छन्। लिमिटेड ओभरका सबैजसो खेलमा उनको प्रदर्शन राम्रो हुने गरेको छ।

corrent noodles
Metro Mart

उनले १५ वर्षको खुसीयाली मनाउँदै रोहितले भनेका छन्, ‘जो–जो यो यात्रको हिस्सा रहनुभएको छ । सबैलाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई आज यो स्थानमा पु¥याउनुभएको छ।’

उनले एकदिवसीय क्रिकेटमा २६४ रन बनाएर विश्वकै सबैभन्दा धेरै रन लिने खेलाडीको कीर्तिमान पनि बनाइसकेका छन्। सन् २०१४को १३ नोभेम्बरमा श्रीलंकाविरुद्ध बनेको यो कीर्तिमान् अहिलेसम्म तोडिएको छैन। त्यति मात्र होइन, उनले अहिलेसम्म तीन पटक दोहोरो शतक प्रहार गरेका छन्।

सन् २०१९ मा इंग्ल्यान्डमा एकदिवसीय क्रिकेट विश्वकप आयोजना भएको थियो। त्यो विश्वकपमा उनले पाँच पटक शतक प्रहार गरेका थिए। त्यही वर्ष उनी आईसीसी बेस्ट प्लेयर अफ द इअर घोषित भए। यद्यपि भारत सो प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो।

‘ती सबै प्रेमी, फ्यान र आलोचकलाई टिमको माया र समर्थनले नै हामी विभिन्न बाधा पार गरेर यहाँसम्म आइपुगेका छौं,’ उनले भनेका छन्।

दायाँ हाते ओपनिङ ब्याटरका रूपमा रहेका रोहितले हालसम्म २३० वटा एकदिवसीय खेलेका छन् भने ४५ टेस्ट खेलमा सहभागिता जनाइसकेका छन्। लामो समय महेन्द्रसिंह धोनी र विराट कोहलीको कप्तानीमा खेलेका रोहितले यसै वर्षबाट भारतीय टिममा कप्तानीको जिम्मा सम्हालिरहेका छन्।

शर्माको बाल्यकाल सजिलो थिएन। उनका पिता मुस्किलले घर खर्चको जोहो गर्थे। त्यसैले रोहितलाई हजुरबा र हजुरआमाले पाले। बेलाबेला मात्र उनी बाबुआमा बसेको एक कोठामा पुग्ने गर्थे।

सन् ९० को दशकमा भारतमा क्रिकेटको चर्चा धेरै चुलियो। उनलाई पनि क्रिकेटमा मोह बढ्यो। तर सहयोग गर्ने कसले ? अन्तिममा उनलाई काकाले क्रिकेट सिक्न लगानी गरिदिने भए। त्यसपछि रोहितले क्रिकेट सिक्न थाले।

त्यहाँ दिनेश लाडले उनलाई क्रिकेट सिकाउँथे। उनले नै रोहितलाई विद्यालय परिवर्तन गरेर स्वामी विवेकानन्द अन्तर्राष्ट्रिय स्कुलमा भर्ना हुन सुझाए किनभने शर्माको पहिलेको स्कुलभन्दा त्यहाँ क्रिकेटको सुविधा राम्रो थियो। तर उनले त्यहाँ शुल्क तिर्न सक्दैनथे।

‘पछि प्रशिक्षकले मलाई त्यहाँ स्कलरसिप मिलाइदिनुभयो । अनि मैले क्रिकेटमा राम्रो गर्दै गएँ,’ रोहितले एक पटक भनेका थिए। सुरुमा रोहित अफ स्पिनर थिए। ब्याटिङ पनि राम्रो गर्न सक्थे। ब्याटिङको आठौं नम्बरमा पर्थे।

तर एक पटक उनले ओपनिङ पनि गर्न सक्छन् भन्ने दिनेशलाई लाग्यो। स्कुले प्रतियोगिताको पहिलो ओपनिङमै रोहितले शतक प्रहार गरे। त्यसपछि आजसम्म उनी ओपनिङमा रमाइरहेका छन्।

सन् २००५ मा भएको एक खेलमा चेतेश्वर पुजार र रवीन्द्र जाडेजासँगै रोहित शर्माले पनि लिस्ट ‘ए’मा डेब्यु गरेका थिए। त्यो खेलमा आठौं नम्बमा ब्याटिङ गरेका रोहितले अविजित ३१ रन बनाए।

घरेलु क्रिकेटमा उनले त्यसपछि ठाउँ पाउँदै गए। बेस्ट जोनबाट खेल्ने उनले एक पटक नर्थ जोनविरुद्ध १२३ बलमा १४२ रन बनाएका थिए। त्यसपछि मात्रै हो, उनले भारतको घरेलु क्रिकेटमा चर्चा कमाउन थालेको।

त्यसको केही समयमै उनी अबुधाबी भ्रमणमा निस्किए। त्यसपछि आईसीसी च्याम्पियन ट्रफीको ३० खेलाडीको स्क्वाडमा परे। यद्यपि उनी अन्तिम टोलीमा पर्न सकेनन्।

उनले न्युजिल्यान्डविरुद्ध लिस्ट ‘एक’ मा डेब्यु गरेका थिए। त्यतिबेला उनी भारत ‘ए’ टिमबाट खेलिरहेका थिए। तर घरेलु क्रिकेटमा भने उनले मुम्बईको टिमबाट मात्र खेलिरहे। एक पटक रन्जी ट्रफीमा उनले गुजरातविरुद्ध ३०९ रन बनाएका थिए।

यो नै अहिलेसम्म उनले बनाएको सबैभन्दा धेरै रन हो। उनले सन् २०१३ मा सचिन तेन्दुलकरको बिदाइ खेलमा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए। त्यो डेब्युमा उनले १७७ रन बनाए। यसरी शानदार डेब्यु गर्नेमा उनी शिखर धवन(१८७) पछि छन्।


प्रकाशित: Jun 23, 2022| 17:20 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।