सोमबार, फागुन १८, २०८२

विश्व फुटबलमा आठ स्थान खस्किको नेपालको वरियता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपालको स्थान आठ स्थानले खस्किएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपालको स्थान आठ स्थानले खस्किएको छ। यसअघि १६८ औं स्थानमा रहेको नेपालको वरियता आज (बुधबार) आठ स्थानले खस्किएको हो।

पछिल्लो समय नेपालले अफ्रिकी मुलुक मोरिससलाई हराउँदै फिफा वरियतामा दुई स्थान सुधार गरेको थियो। तर त्यसपछि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा हार बेहोरेको थियो।

त्यस्तै, नेपालले यसअघि एएफसी एसिया कपको छनोट खेलमा पनि हार बेहोरेको थियो। त्यो नतिजाको आधारमा नै नेपालको वरियता खस्किएको हो। अहिले नेपाल ९५०.४५ अंकका साथ वरियताको १७६ औं स्थानमा छ। नेपालभन्दा अघि कम्बोडिया रहेको छ। उसको ९५४.३ अंक छ। त्यस्तै नेपालभन्दा पछि रहेको मकाउको चाहिँ ५२२ अंक रहेको छ।

आज जारी भएको वरियतामा नेपालको २८ अंक खस्किएको हो अहिले नेपालको औषत वरियता १६५ रहेको छ। नेपालको सबैभन्दा उच्च वरियता १२४ रहेको थियो भने सबैभन्दा खस्किएको अवस्थामा नेपालको वयिता १९६ औं स्थान थियो।

अहिले १८३७ अंकका साथ ब्राजित वरियताको शीर्षस्थानमा छ भने बेल्जियम दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छन्। बेल्जियमको १८२१ र अर्जेन्टिनाको १७७० अंक रहेको छ। अहिले ब्राजिलको अंक चारले बढेको छ भने बेल्जियमको पाँच अंक घटेको छ।

kumari

अर्जेन्टिनाको स्थान सुधार भएको हो भने २५ अंक गुमाएको फ्रान्स चौथो स्थानमा झरेको छ। २४ अंक गुमाएको इंग्ल्यान्ड भने पाँचौ स्थानमा यथावत् रहेको छ।

प्रकाशित: Jun 23, 2022| 16:38 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।