आइतबार, जेठ ६, २०८१

नेपालले पहिलोपल्ट रग्बी–१५ खेल्यो

नेपाल अहिलेसम्म डिभिजनविहीन छ। रग्बी १५ खेलेपछि अब रग्बीमा अगाडि बढ्ने बाटो खुल्नेछ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

काठमाडौं- कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले बुधबार ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी–१५ को आधिकारिक खेल खेलेको छ। प्रतिद्वन्द्वी बंगलादेशले पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकाले दुवै टोली उक्त उपलब्धिका लागि निकै खुसी देखिएका थिए।

triton college

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज२०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्‍यो। बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्‍यो।  

खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने, ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा गर्व लागेको छ। अब नेपालको रग्बीमा अगाडि बढ्ने ढोका खुल्यो।’

नेपाल ७ जना खेलाडीले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ। विश्व रग्बी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीले खेल्ने रग्बी १५ हो। त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।


corrent noodles
Metro Mart

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुसी हुँदै भने, ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो। तर अहिले बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाएँ। ज्यादै खुसी छु। अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुनेछ।’

नेपाल अहिलेसम्म डिभिजनविहीन छ। रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ।

बुधबार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक)मात्र गर्न सक्यो।

तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६बस्कोर थप्यो र नेपाललाई दबावमा राख्यो।


यद्यपि अन्तिम समयम भने नेपालले खेल पूर्ण रूपमा नियन्त्रणमा राख्न सक्यो र  एक ट्राई (५ अंक) हान्न सफल भयो।

विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन्। योसँगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने।

ट्राई गरेपछि सीधा पोस्टमा कन्भर्सन (गोलपोस्टमा सीधा हान्ने) को अवसर पाउँछ। श्रीराम श्रेष्ठले उक्त कन्भर्सनमा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो। खेलपछि नेपाली  र बंगलादेशी खेलाडीले संयुक्त रूपमा खुसी साटासाट गरे।

प्रकाशित: Jun 23, 2022| 11:24 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।