सन् २०१९ को अप्रिल महिनामा अरोरो इल्मोर नेपालस्थित सगरमाथाको आधार शिविर पुगेकी थिइन्। बाह्र दिन लामो ‘हाइकिङ रूट’को साटो उनी पातलिएको हावालाई हेलिकोप्टरका पंखाले काट्दै हिउँले ढाकेका अग्गा हिमचुचुरा छिचोल्दै उनी आधार शिविर पुगेकी थिइन्।
सर्वोच्च शिखरको फेदीमा अध्ययनरत वैज्ञानिकहरूलाई अध्ययन सामग्री पुर्याइदिने क्रममा इल्मोरले यो यात्रा गरेकी थिइन्। यात्रामा इल्मोरले हिमशृंखलालाई नजिकैबाट छर्लङ्ग नियाल्ने अवसर मिलेको थियो। सौभाग्यवश, त्यसदिनको मौसम पूरा सफा थियो, पुरै हिमालय क्षेत्र देखिन्थ्यो।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे नेसनल जियोग्राफिक (न्याटजियो) र रोलेक्स अभियानका वैज्ञानिकहरूले दुई महिनासम्म उक्त क्षेत्रमा अध्ययन गरेका थिए। तिनै वैज्ञानिकहरूलाई उनले सहयोग गरिरहेकी थिइन्। नेसनल जियोग्राफिकका वरिष्ठ कार्यक्रम प्रबन्धकसमेत रहेकी भूगर्भविद् इल्मोरले विश्वकै सर्वोच्च शिखर सगरमाथामा अध्ययन सामग्री मिलाउने र उपकरण सेट गर्ने काममा काममा सहयोग गरेकी थिइन्। खोजका क्रममा एल्मोरका सहकर्मीले सगरमाथाको हिउँ तथा नजिकैका पानीका मुहानमा विश्वकै सबैभन्दा बढी मात्रामा ‘माइक्रोप्लास्टिक प्रदुषण' भएको पत्ता लगाए।
सगरमाथाको शिखर आसपास हेलिकोप्टरमा उडिरहँदा एल्मोरले पन्छीझैँ पृथ्वीको दिव्य सौन्दर्य नियालिरहेकी थिइन्। समुद्री सतहभन्दा लगभग ५ किलोमिटर उचाइमा रहेको सगरमाथाको फेदीमा हरिया र पहेँला पालको बजार देखियो। सगरमाथा आरोहरण गर्नेहरू ती पालमा आश्रय लिन्थे। विश्वको सर्वोच्च शिखर चुम्न प्रत्येक बसन्त याममा आरोहीका कैयौँ झुन्ड यहाँसम्म पुग्ने गरेका छन्। तर सगरमाथाको उचाइ केही न केही मात्रामा बढिरहेको कुरा चाहिँ थोरैले मात्र याद गरेका होलान्।