बुधबार, पुस १६, २०८२

इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

 |  शुक्रबार, भदौ ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

काठमाडौं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन्। साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन्।

National life

बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ।’

तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन्। उक्त प्रस्तावमा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने उल्लेख गरिएको थियो।

यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो। इजरायली अधिकारीहरूका अनुसार गाजामा रहेका ५० बन्धकमध्ये करिब २० मात्र जीवित रहेको विश्वास गरिएको छ। यसबीच, बिहीबार इजरायली सेनाले गाजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको जनाइएको छ।

इजरायली सेनाले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ।

Laxmi sunrise bank

 

प्रकाशित: Aug 22, 2025| 08:31 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्