मंगलबार, वैशाख २५, २०८१

एमाले प्रदेश सांसद खातुन पदमुक्त हुने

प्रदेश १ एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुने भएकी छिन्। समानुपातिक सांसद खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो।
 |  बिहीबार, असार ९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, असार ९, २०७९

विराटनगर- प्रदेश १ एमाले सांसद गुलेफुन खातुन पदमुक्त हुने भएकी छिन्। समानुपातिक सांसद खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो। 

triton college

मोहियानी हकको जग्गा एकलौटी बनाउनलाई कागजात जुटाउने क्रममा मोरङको साबिकको कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छापा किर्ते गरेको आरोप उनीमाथि लागेको थियो। सोही मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते खातुनलाई १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवानाको सुनाएको थियो। 

जिल्लाको फैसलाविरुद्ध उनले २०७४ भदौ १९ गते उच्च अदालत विराटनगरमा निवेदन दिएकी थिइन्। उच्चले पनि दोषी ठहर गर्दै खातुनलाई २०७६ पुस ९ गते १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

खातुनसहित उनका पति शेख सिलबर मियाँ, कदमाह गाविसका खरिदार विजयकुमार कामत र पियन दीपचन्द्रकुमार मण्डललाई समेत जिल्ला अदालतले जनही १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

किर्ते मुद्दामा दोषी देखिएपछि कामत र मण्डललाई सरकारी कर्मचारी भएका कारण थप २ वर्ष सजायको फैसला भएको थियो। उच्च अदालतले खातुनका पति शेख सिल्बर मियाँलाई भने सफाइ दिइसकेको छ। 

corrent noodles
Metro Mart

सांसद खातुनले उच्चको फैसला चित्त नबुझेको भन्दै पुनः सुनुवाइको माग राखेर खातुनले २०७६ फागुन ११ गते सर्वोच्च अदालतमा निवेदन दिएकी दिइन्। उच्चको फैसलाविरुद्ध इन्साफ दोहोर्‍याइ पाउँ भनेर निवेदन दिए पनि सर्वोच्चले पुनः सुनुवाइका लागि निस्सा नदिएपछि उनी विरुद्ध उच्च अदालतले गरेको फैसला सदर भएको हो। 

खातुनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुस्मालता माथेमाको इजलासले गत जेठ २५ गते निस्सा नदिने आदेश गरेको थियो। 

सर्वोच्च अदालतले निस्सा दिन नमानेसँगै मुद्दामा उच्च अदालत विराटनगरकै फैसला सदर भएपछि खातुनले कैद सजाय भुक्तान गर्नुपर्ने भएको हो। 

प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उल्लेख भएको उम्मेदवारको अयोग्यता सम्बन्धी व्यवस्थामा नैतिकपतन देखिने अन्य फौजदारी कसुरमा अभियोग प्रमाणित भएको व्यक्ति अयोग्य हुने उल्लेख छ। प्रदेशसभाको सदस्यमा निर्वाचित व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा पदबाट मुक्त हुने सोही ऐनको दफा १६ मा व्यवस्था छ। 

उच्च अदालतले खातुनलाई कैद सजायको फैसला गरेपछि उनी फरार भएकी थिइन्। प्रदेश सभामा उनको भौतिक उपस्थिति नदेखिए पनि प्रदेश सभाको हाजिरी किताबमा हाजिर गरेर नियमित रूपमा सेवा सुविधा लिँदै आइरहेकी छन्।

प्रकाशित: Jun 23, 2022| 07:25 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।