सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा महासचिवमा राई नियुक्त, कोषाध्यक्षको जिम्मेवारी जोशीलाई

एन्फा महासचिवमा राई नियुक्त, कोषाध्यक्षको जिम्मेवारी जोशीलाई

अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्। बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्। बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले कोषाध्यक्षको जिम्मेवारी रवीन्द्र जोशीलाई प्रदान गर्नेसमेत निर्णय गरेको छ। एन्फामा निर्वाचित कार्यसमितिले महासचिव र कोषाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ। 

यसअघि आजै नवनिर्वाचित कार्यसमितिका सदस्य र पदाधिकारीको सपथ ग्रहण भएको थियो। ३ बजे भएको शपथग्रहण लगत्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको थियो।

काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए। वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भए। यस्तै उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी निर्वाचित भएका थिए।

महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित हुँदा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढा थापा निर्वाचित भए। 

kumari

दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार दुई सदस्य तय गरिने एन्फाले जनाएको छ। 

प्रकाशित: Jun 22, 2022| 20:10 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।