शनिबार, मंसिर ६, २०८२

एन्फा कार्यसमितिमा निर्वाचितको शपथ बुधबार

नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार अपरान्ह ३ बजे हुने एन्फाले जानकारी दिएको हो। काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को नव निर्वाचित कार्यसमितिका सदस्य र पदाधिकारीको सपथ ग्रहण भोलि बुधबार हुने भएको छ। 

National life

नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार अपरान्ह ३ बजे हुने एन्फाले जानकारी दिएको हो। काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।  

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन्। उनी शेर्पाको नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भए। यस्तै उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी निर्वाचित भएका थिए।

महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित हुँदा सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ,भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश ब्यन्जनकार, मनिराज विष्ट,टिकाराम लामा,भरत बुढा थापा निर्वाचित भए। 

दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार दुई सदस्य तय गरिने एन्फाले जनाएको छ। एन्फामा महासचिव र कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ। 

Laxmi sunrise bank
kumari

अध्यक्षमा निर्वाचित भएपछि नेम्वाङले कार्यसमितिको पहिलो बैठकबाटै खेलाडी र प्रशिक्षकबीच देखिएको विवाद मिलाउने बताएका छन्। जितपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पहिलो काम खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने रहेको पनि बताए। आफ्नो कार्यकालमा धेरै चुनौतीहरू रहेको उनले स्वीकारेका उनले फिफाले लगाएको आर्थिक प्रतिबन्ध खुलाउन पहल गर्ने समेत उल्लेख गरे। 

प्रकाशित: Jun 21, 2022| 19:04 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।