शनिबार, मंसिर ६, २०८२

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल क्षेत्रको विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल क्षेत्रको विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको छ। खेलकुदको व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं,  शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन्।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सदस्यहरुलाई मंगलबार पत्र हस्तान्तरण गरेका छन्। सो अवसरमा सदस्य–सचिव घिसिङले भने, ‘योजना बनाउन जति जरुरी छ त्यो भन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पुर्याउनु हो। कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ। यहाँहरुबाट मैले धेरै आशा गरेको छु।’

प्रकाशित: Jun 21, 2022| 17:00 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।