आइतबार, जेठ ६, २०८१

हङकङसँग पराजित भएसँगै कठिन बन्यो एसिया कपमा नेपालको यात्रा

नेपाली महिला क्रिकेट टिमले हङकङलाई दिएको ११० रनको लक्ष्य रक्षा गर्न नसक्दा आज पराजयको सामना गरेको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– नेपाली महिला क्रिकेट टिमले हङकङलाई दिएको ११० रनको लक्ष्य रक्षा गर्न नसक्दा आज पराजयको सामना गरेको छ। मलेसियामा जारी एसीसी टी २० महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

triton college

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १०९ रन बनाएर ११० रनको लक्ष्य प्रस्तुत गरेको हो। तर जवाफी ब्याटिङमा उत्रिएको हङकङले १५ ओभर पाँच बल खेल्दै तीन विकेट गुमाएर निर्धारित लक्ष्य ११२ रन बनाएर पूरा गरेपछि नेपालले सात विकेटको हार बेहोरेको हो।

पहिलो पारीमा नेपाली टिमको ओपनिङमा आएकी विन्द्र रावलले २९ बलमा २३ रनको योगदान दिइन्। त्यस्तै, रुविना क्षेत्रीले ३२ रनको योगदान दिइन भने अप्सरी बेगमले पनि २२ रन बनाइन्।

त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरिनन्। यता, हङकङका लागि बेटी चानले दुई विकेट गिराइन् भने मार्यम बाबी र एल्सी हुबर्डले पनि समान १–१ विकेट लिए।

जवाफमा हङकङकी मारिसको हिलले ४५ रन बनाइन भने नताशा माइल्सले पनि २८ रनको योगदान दिइन् भने क्यारी चनले पनि १७ रन बनाइन्।

corrent noodles
Metro Mart

हङकङको जितमा नायक सावित भएकी हिलले ३२ बलमा ९ चौकाका साथ ४५ रन जोडेकी थिइन्। त्यसक्रममा नेपालकी संगीता राइले दुई ओभरमा खर्चिलो बलिङ गरिन्। उनले २० ओभर प्रदान गर्दा तीन ओभरमा २७ रन दिएकी सिता राना मगरले एक विकेट पनि लिइन्। संगीताले दुई विकेट लिएकी थिइन्।

यो हारसँगै नेपाल समूहमो उपविजेता बनेको छ। नेपाल छ अंकका साथ उपविजेता बनेको हो भने एक खेल बाँकी रहेको हङकङ पनि समान छ अंकका साथ विजेता बनेको हो। दोस्रो स्थानमा रहेको नेपालले अब सेमिफाइनलमा समूह एको विजेताको सामना गर्नु पर्नेछ। सेमिफाइनलमा जित निकाले नेपालले एसिया कप खेल्ने अवसर पाउनेछ।

तर, यो यात्रा केहि कठिन बन्ने भएको छ। समूह ए को शीर्षस्थानमा यूएई रहने छ भने दोस्रो स्थानमा मलेसिया रहने देखिन्छ। यस्तोमा मलेसियाभन्दा यूएई बलियो टिम पनि हो। त्यसैले नेपालको एसिया कपको यात्रा सजिलो भने छैन।

प्रकाशित: Jun 21, 2022| 16:16 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।