शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा अध्यक्ष नेम्वाङ भन्छन् - खेलाडी प्रशिक्षकको विवाद पहिलो बैठकबाट मिल्छ

एन्फा अध्यक्ष नेम्वाङ भन्छन् - खेलाडी प्रशिक्षकको विवाद पहिलो बैठकबाट मिल्छ

जितपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पहिलो काम खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने रहेको पनि बताएका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- सोमबार राति एन्फा अध्यक्षमा निर्वाचित भएपछि पंकज विक्रम नेम्वाङले पहिलो कार्यसमितिको बैठकबाटै खेलाडी र प्रशिक्षाबीच देखिएको विवाद मिलाउने बताएका छन्।

National life

जितपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पहिलो काम खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने रहेको पनि बताएका छन्।

धेरैको नजर चाहिँ खेलाडी र प्रशिक्षक विवादमा नै रहेको छ। अब उनले पहिलो कार्यसमितिको बैठकबाट यो निर्णय गर्ने बताएका हुन्। उनले छानबिन समितिको प्रतिवेदन हेरेर त्यसअनुसार गर्ने पनि बताएका छन्।

उनले भने, ‘छानबिन समितिको प्रतिवेदन हेरेर, हामी छलफल गर्नेछौँ। र, हामी सबै पक्षसँग पनि छलफल गरेर अघि बढ्नेछौँ।’ त्यस्तै, उनले अब एन्फाको सम्बन्ध सुधारमा पनि अघि बढ्ने बताएका छन्।

उनले भने, ‘तत्कालको लागि योजना चाहिँ, एन्फा र जिल्लाको सम्बन्ध, एन्फा र क्लबको सम्बन्ध राम्रो छैन। हामीले एएफसी र फिफासँगको सम्बन्धका पनि सुधार गर्दै जानु पर्छ। एउटा पालामा सँगै एकजुट गरेर अघि बढ्नु पर्छ।’

Laxmi sunrise bank
kumari

आफ्नो कार्यकालमा धेरै चुनौतीहरू रहेको उनले स्वीकार गरेका छन्। उनले भने, ‘यो साधारण सभामै अडिट रिपोर्ट पेस गर्न सकिएन। एन्फामा धेरै दायित्वहरू छन्। हामी त्यसलाई पुरा गर्दै अघि जानेछौँ। अहिलेको मुख्य कुरा भनेको फिफा र एएफसीको सम्बन्ध हो। फिफाले आर्थिक प्रतिबन्ध लगाएको छ। त्यसलाई चाहिँ फिफासँग कुरा गरेर समाधान गर्नेतर्फ जान्छौँ।’

प्रतियोगिताबारे बोल्दै नेम्बाङले आफ्नो कार्यकालमा नेपालले साफ च्याम्पियनसिप जित्ने पनि बताएका छन्। पछिल्लो समय नेपाल फाइनल पुगेर पराजित भएको थियो। उनले भने, ‘हाम्रो कार्यकालमा लक्ष्य भनेको नेपाललाई साफ जिताउने नै हो। त्यसरी नै अघि बढ्छौँ। ग्रसरुट महिलाका कार्यक्रम सुधार हुन्छ। हामी लिगलाई व्यवस्थित बनाउँछौँ। राष्ट्रिय लिग सुरु गछौं।’

उनले थपे, ‘महिला फुटबल एकेडेमीको सञ्चालन हुन सकेको छैन। त्यसतर्फ हामी कदम चाल्नेछौँ। निर्णय गरेर सञ्चालनमा ल्याउनेछौँ।’

उनले नेपाल सुपर लिगबीच विवाद भइरहेको साथै एनएसएल र एन्फाको सम्झौता रहेको भन्दै त्यसै अनुरूप अघि बढ्ने पनि बताएका छन्। त्यसका केही बुँदामा एन्फा र क्लबको ध्यानाकर्षण भएको उनले बताएका छन्। 

उनले पराजित भएका सबै नेपाली फुटबलमा लामो समय लागेको पात्र भएको बताउँदै नेम्वाङले उनीहरूको सुझावको अपेक्षा गर्ने पनि बाएका छन्। ‘उहाँहरुको सही सुझाव अंगालेर अघि बढ्नेछौँ,’ उनले भने।

 पंकजको टिमले एन्फामा आर्थिक अनियमितता भएको र रकम अपचलन भएको साथै पारदर्शिता नरहेको पनि बताउँदै आएका छन्। उनले अब आउँदा लिनमा श्वेतपत्र जारी गर्ने र भएको कमी कमजोरीको छानबिन नेपाली सामु नतिजा ल्याउने पनि बताएका छन्।

प्रकाशित: Jun 21, 2022| 09:26 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।