शनिबार, मंसिर ६, २०८२

यस्तो बन्यो एन्फाको नयाँ कार्यसमिति

सोमबार बुढानिलकण्ठमा सम्पन्न भएको निर्वाचनबाट एन्फा कार्यसमितिले पूर्णता पाएको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले चुनावबाटै कार्यसमितिको पूर्णता पाएको छ। सोमबार बुढानिलकण्ठमा सम्पन्न भएको निर्वाचनबाट एन्फा कार्यसमितिले पूर्णता पाएको हो।

National life

एन्फाको अघिल्लो साधारण सभाले नै २१ जनाको टुंगो निर्वाचनबाट गर्ने निर्णाय पारित गरेको थियो। त्यसै अनुसार सोमबार निर्वाचन सम्पन्न भएको हो।

प्रतिद्वन्दी कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकज विंक्रम नेम्बाङले एन्फाको अध्यक्षमा जित निकालेका छन्। पंकजले ४५ मत पाउँदा कर्मा छिरिङले ३९ मत पाएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्को शिक्षित पराजुलीलाई चार भोटले हराएका छन्। वीर बहादुरले ४४ भोट पाउँदा शिक्षतले ४० भोट पाए।

उपाध्यक्ष पदमा भने कर्मा प्यानलका एकजना निर्वाचित भएका छन्। कर्मा प्यानलबाट चिर्वाचमा होमिएका दीर्घ बहादुर केसीले जितेका छन् भने बाँकी तीनमा नेम्वाङ पक्षकै उम्मेदवार हाबी भएका छन्। नेम्बाङ पक्षबाट लडेका सुन्दर नरसिंह जोशी पराजित भए भने दावा लामा, विराट गंग शाही र दिपक खतिवडा उपाध्क्षमा निर्वाचित भएका हुन्।

Laxmi sunrise bank
kumari

उनीहले क्रमशः ४८, ४७ र ४७ भोट पाएका हुन्। दीर्घ बहादुर केसीले भने ४३ भोट पाएका थिए। उपाध्यक्षमा पराजित हुनेमा उपेम्द्र मान सिंह, रन्तन कुमार श्रेष्ठ, विज्ञानराज शर्मा पनि रहे। उनीहरुले क्रमशः ३७, ३६ र ३७ भोट पाएका थिए।

त्यस्तै, विना र विन्द्रालाई पछि पार्दै रिला श्रेष्ठ र मेपा डोल्मा लामा विजयी भएका छन्। विजयी भएकी पेमा कर्मा पक्षकी उम्मेद्वार थिइन् भने सरिला पंकज पक्षकी थिइन्। उनीहरु दुवै विजयी भएका हुन्।

यता  सबै सदस्य पदका लागि पनि निर्वाचन भएको थियो निर्वाचनबाट ११ जना निर्वाचित भएका छन्। यो प्रकृयाबाट आसमा १३ जना छनोट हुनुपर्ने थियो। तर अन्तिमको चार जनाले समान ३९-३९ भोट पाएपछि उनीहरुको टुंगो पछि लगाउने एन्फाले जनाएको छ।

'चार उम्मेद्वार दिपक थापा क्षेत्री, रुपेश अधिकारी, दिपेन्द्र धिमाल र लोकेन्द्रले समान भोट पाएका छन। बाँकी फिफा र एएफसीको सुझावअनुसार दुई अब अर्को एन्फा कंग्रेसबाट छनोट हुनेछ,' एन्फाले सूचनमा लेखेको छ।

विजयी हुनेमा चाहिँ अनिल मल्ल(४७), मनिष जोशी (४८) रविन्द्र चन्द(४६), विकास नारायण श्रेष्ठ(४४), भोजराज शाही(४४), महेन्द्र क्षेत्री(४४), पुरुषेत्तम थापा(४३), रमेश ब्यञ्जनकार(४३), मनिराज विष्ट(४२, टिका राम लामा(४१) र भरत बुढा थापा(४०) रहे‍का छन्।

प्रकाशित: Jun 21, 2022| 08:30 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।