शनिबार, मंसिर ६, २०८२

पराजित भएपछि कर्माले भने : म उजुरी हाल्ने काम चाहिँ गर्दिन

आफू पराजित भएपछि विभिन्न निकायमा उजुरी गरेर काममा बाधा नगर्ने बताएका हुन्। 'नेपाली फुटबल व्यवस्थित ढंगले संचालन होस्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्षले आफू कार्यसमितिको निर्वाचनमा पारजित भएपछि आउँदा दिनमा उजुरी हालेर एन्फाको काममा बाधा नपुर्याउने बताएका छन्।

National life

सोमबार बुढानिलकण्ठमा सम्पन्न एन्फाको २१औं साधारण सभाबाट प्रतिद्वन्दी पंकज विक्रम नेम्बाङसँग ६ मतान्तरले हार बेहोरेपछि कर्मा एन्फाको अध्यक्षको पदमा निरन्तरता दिनबाट चुकेका छन्।

आफू पराजित भएपछि विभिन्न निकायमा उजुरी गरेर काममा बाधा नगर्ने बताएका हुन्। 'नेपाली फुटबल व्यवस्थित ढंगले संचालन होस्।

फुटबललाई नेपालमा व्यवसायिक खेलको रुपमा स्थापित गर्नका लागि अहिलेको कार्यसमितिले काम गर्न सकोस्।, उनले भने 'अहिले जसले विजय हाँसिल गर्नुभएको छ उहाँहरुको कार्यसफलताको शुभकामना दिन चहान्छु।

त्यस्तै उनले आफू फुटबलको फोहोरी राजनीतिबाट टाढा हुने पनि बताएका छन्। उनले पत्रकारहरुसँग प्रतिकृया दिँदै भने, 'नेपाली फुटबल सञ्चालन गर्न सोचे जस्तो सजिलो छैन। नेपाली फुटबलको फाउन्डेसन पनि पूर्ण बनेको छैन। त्यसलाई पूर्ण बनाउनु पर्छ।'

Laxmi sunrise bank
kumari

शेर्पाले प्रतिकृया दिँदै खेलाडीहरूले १२ महिना खेल्न सक्ने वातावरण बनाउन सक्नु पर्ने नयाँ समितिको चुनौति भएको उनले बताएका छन्। आफूले गरेको राम्रा कामहरुलाई आउँदा समितिले पनि निरन्तरता दिनुपर्ने उनले बताएका छन। उनले भने, 'रेफ्रीहरूलाई त्यही रूपमा तयार गर्नुपर्छ। नेपाली फुटबल जब पूर्ण व्यावसायिक बनाउन सक्दैन तबसम्म रियाक्सन मात्र गरेर हुँदैन। हामीले केहि जग बसाएका छौं। बाँकी काम यो समितिले गर्नुपर्छ।'

उनले सबैले काम गर्ने जिम्मेवारी पाएको बताएका छन्। उनले भने, 'मेरो तर्फबाट कुनै अवरोध हुँदैन। राम्रो गर्नका निम्ति मेरो सधै सहयोग हुनेछ। क्लबलाई व्यबसायिक गरोस् भन्ने हुन्छ। ए डिभिजन लिगको अध्यक्ष भएका कारण नेपाली फुटबलबाट टाढा हुन्न। तर फोहोरी राजनीतिबाट टाढा हुन्छु।'

प्रकाशित: Jun 21, 2022| 07:48 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।