शनिबार, मंसिर ६, २०८२

नेम्वाङ प्यानलबाट एन्फामा तीन उपाध्यक्ष विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित बनेका हुन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित बनेका हुन्। 

National life

नेम्वाङसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका कर्माछिरिङ शेर्पा प्यानलबाट एक जना उपाध्यक्षमा निर्वाचित भए। पंकज प्यानलबाट दावा लामा, दीपक खतिवडाले र बिराटजंग शाही निर्वाचित हुँदा सुन्दरनरसिंह जोशी पराजित भएका छन्। यस्तै शेर्पा प्यानलबाट दीर्घबहादुर केसी निर्वाचित भए। शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ  र विज्ञानराज शर्मा पराजित भए।

पंकज प्यानलका लामाले ४८, खतिवडाले ४७ र शाहीले ४७ मत पाए। यस्तै शेर्पा समूहका केसीले ४३ मत ल्याएर विजयी भएका हुन्। पराजित जोशीले ४१, सिंहले ३७, शर्माले ३७ र श्रेष्ठले ३६ मत पाए। 

अध्यक्षमा यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै पंकज नेम्वाङ निर्वाचित भएका थिए। वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का विजयी भएका छन्।   


प्रकाशित: Jun 20, 2022| 22:03 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।