यो सन् १९०३ को कुरा हो। केन तानाकाको ११९ वर्षपछि अर्थात् अप्रिल २०२२ मा निधन भएको थियो। उनी आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध महिला थिइन्।
उनले आफ्नो जीवनका अन्तिम वर्षहरू नर्सिङहोममा बिताइन्। उनी बिहान ६ बजे उठ्छिन्। हिसाबका समस्या हल गर्छिन्, बोर्ड गेम खेल्छिन्, चकलेट खान्छिन्, कफी र सोडा पिउँछिन्।
कुनै समय थियो, जब ठूलाले सय वर्ष बाँच्ने आशीर्वाद दिन्छन् तर यस्तो सोचलाई असम्भव मानिन्थ्यो तर अहिले त्यस्तो छैन।
दोस्रो जीवन
जापानको विज्ञान परिषद्का उपाध्यक्ष भइसकेका डा. हिरोको अकियामा भन्छिन्, ‘अहिले सय वर्षसम्म बाँच्नुमा कुनै असामान्य कुरा छैन।’
उनी जापानको जनसंख्या तीव्र रूपमा बूढो हुँदै गएको भन्छिन्। जापानमा महिलाको औसत उमेर अहिले ८८ र पुरुषको औसत उमेर ८२ छ। जापानको जनसंख्याको २९ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका छन्।
औसत उमेरको हिसाबले हङकङ, सिंगापुर, स्विट्जरल्यान्ड, इटाली र स्पेन मात्र जापानको नजिक आउँछन्। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष देशका ८६ हजार ५१० नागरिक सय वर्ष वा सोभन्दा बढी उमेरका थिए।
डा. हिरोको भन्छिन्, ‘जापानमा मानिसको लामो आयुका धेरै कारण छन्। त्यसमध्ये एउटा विश्वव्यापी स्वास्थ्य बिमा प्रणाली हो। हामीले सन् १९६० को दशकमा यसको सुरुआत गरेका थियौं। यहाँका मानिसले स्वास्थ्य सेवामा सहज पहुँच पाउँछन्। अर्को कारण यो हो कि यहाँका मानिस जापान स्वास्थ्यमा सचेत छ र उनीहरूको जीवनशैली स्वस्थ छ।’
जापानीहरू धेरै मिहिनेत गर्छन्। उनीहरूले क्यान्सर र मुटु रोगबाट बच्न सावधानी अपनाउँछन्। डाक्टर हिरोको भन्छिन् कि जापानका मानिसहरू खानामा ध्यान दिन्छन्। कम फ्याट सेवन गर्छन्। माछा, सागसब्जी र हरियो चियाको बढी सेवन गर्छन्। जापानमा मानिसको औसत उमेर बढ्दै गए पनि कुल जनसंख्या घट्दै गएको छ। वास्तवमा केही समयदेखि जन्मदर घट्दै गएको छ र जागिर गर्न सक्ने उमेरका मानिसको संख्या पनि निरन्तर घटिरहेको छ।
वृद्धवृद्धाहरूको संख्या बढ्दै जाँदा ज्येष्ठ नागरिकको आवश्यकता पनि फरक हुन्छ भन्ने बुझाइ विकसित हुँदै गयो।
सरकारको मुख्य ध्यान स्वास्थ्य सेवा र पेन्सन प्रणालीमा रहेको चिकित्सक हिरोको बताउँछिन्। आवास र यातायात व्यवस्थाको पनि ख्याल राखिएको छ तर समाजका आधारभूत पूर्वाधारलाई परिमार्जन गर्न आवश्यक छ।
डा.हिरोकोले आफ्नो टोलीसँग मिलेर वृद्धवृद्धाहरू कसैमाथि निर्भर नभई बाँच्न सक्ने तरिकाहरू पत्ता लगाउन धेरै सामाजिक प्रयोग गरिन्।
डा. हिरोको भन्छिन्, ’हामी समुदायको पुनर्संरचना गर्ने प्रयासमा छौं। ताकि वृद्ध समाजका आवश्यकताहरू पूरा गर्न सकिन्छ। हामी एक समुदाय सिर्जना गर्न चाहन्छौं, जहाँ मानिसहरू स्वस्थ, सक्रिय र एकअर्कासँग जोडिएका छन् अनि १०० वर्षको उमेरसम्म सुरक्षित महसुस गर्छन्। हामी वृद्धवृद्धाका लागि मात्र होइन, सबै उमेरका मानिसका लागि काम गरिरहेका छौं।’
जापानमा सेवानिवृत्त भएपछि मानिसहरूले नयाँ जागिर सुरु गर्न थालेका छन्। तिनीहरू आफ्नो दोस्रो क्यारियर अथवा दोस्रो जीवन सुरु गर्दै छन्। यसले दिनचर्या कायम राख्छ र स्वस्थ रहन मद्दत गर्दछ।
डा. हिरोको अकियामा ७८ वर्षकी भइन् र आफ्नो दोस्रो करियरको आनन्द लिइरहेकी छन्। उनी भन्छिन्, ‘म विश्वविद्यालयमा लामो समय प्रोफेसर भएँ। ७० वर्षको हुँदा मैले खेती गर्न थालें। विभिन्न किसिमका सीप भएका मसहित चार जनाले मिलेर एउटा कम्पनी बनाएर खेती गर्न थाल्यौंं। मलाई चाहियो। सानो छँदा किसान बन्ने सपना पुरानो थियो।’
सय वर्षको उमेरसम्म बाँच्न चाहनुहुन्छ कि भन्ने प्रश्नमा डा.हिरोको अकियामा आमाको मृत्यु हुँदा ९८ वर्षकी थिइन्। सय वर्षको जीवन काफी छ भन्छिन्। सय वर्षभन्दा बढी बाँच्ने खास चाहना पनि छैन।
बुढेसकाल भनेको के हो ?
‘बुढ्यौली अत्यन्तै व्यक्तिगत प्रक्रिया हो। कुनै पनि दुई व्यक्तिको एउटै बुढ्यौली प्रक्रिया हुँदैन,’ बर्मिंगमको एस्टन रिसर्च सेन्टर फर हेल्दी एजिङका वरिष्ठ लेक्चरर क्याथी स्ल्याक भन्छिन्।
हामी किन बूढो हुन्छौं र यो जैविक प्रक्रियालाई ढिलो गर्न सकिन्छ। क्याथीको प्रयोगशालाले यस प्रश्नको जवाफ खोजिरहेको छ।
बुढेसकालका बाहिरी लक्षण सबैलाई थाहा छ। चाउरी पर्नु र कपाल फुल्नुजस्तै। तर हाम्रो शरीरभित्र पनि धेरै कुरा चलिरहेको हुन्छ। क्याथी बताउँछिन्, बुढ्यौलीको प्रभाव शरीरका सबै तन्तुमा देखिन्छ। यसको प्रभाव मस्तिष्कदेखि प्रजनन क्षमतासम्म हुन्छ। यी परिवर्तनलाई बुढेसकालको विशेषता भनिन्छ।
क्याथी भन्छिन्, ‘यसमा धेरै प्रक्रियाहरू संलग्न हुन सक्छन्। कोशिकाभित्र प्रोटिनको गुणस्तर नियन्त्रणमा कमी। माइटोकन्ड्रियाको निष्क्रियता। माइटोकन्ड्रिया कोशिकाको भाग हो, जसले ऊर्जा उत्पादन गर्छ। उमेर बढ्दै जाँदा यसले काम गर्न छाड्छ।
क्याथी भन्छिन् कि जब बुढ्यौली सुरु हुन्छ, तब मधुमेहजस्ता स्थायी रोगको जोखिम पनि बढ्छ। कोशिकाहरूले काम गर्न पोषक तत्वहरूको आपूर्तिलाई विनियमित गर्न आवश्यक छ। समस्या हुँदा स्टेम सेल अर्थात् स्टेम सेलहरू नष्ट हुन्छन्। स्टेम सेलहरू कोशिकाहरू मर्मत गर्छन्। मनमा पनि परिवर्तन आउँछ।
क्याथी स्ल्याक भन्छिन्, ‘केही मानिसको उमेर बढ्दै जाँदा मस्तिष्कको आकार सानो हुन्छ, जसका कारण धेरै वृद्धहरूको स्मरण शक्ति कमजोर हुन्छ। उनीहरूलाई एकै समय धेरै काम गर्न गाह्रो हुन्छ। उनीहरूको व्यवहारमा पनि परिवर्तन आउँछ। कि झन् चिन्तित बन्नु वा डिप्रेसनमा जानु। तर महत्वपूर्ण कुरा के भने यी सबै कुरा हरेक वृद्धवृद्धामा उस्तै हुँदैनन्।’
क्याथी स्ल्याक भन्छिन्, ‘आज धेरै व्यक्तिहरू छन्, जो धेरै वृद्ध छन्। तर उनीहरूको स्वास्थ्य राम्रो देखिँदैन। यो पक्षमा काम गर्न आवश्यक छ। यो पुरानो सल्लाहजस्तो लाग्न सक्छ तर हामीले स्वस्थ जीवनशैली अपनाउन प्रयास गर्नुपर्छ। सक्रिय रहने प्रयास गर्नुपर्छ। उमेर बढ्दै जाँदा आफ्नो गतिविधिलाई निरन्तरता दिने प्रयास गर्नुपर्छ। राम्रोसँग खानुपर्छ। कति मदिरा सेवन गर्नुहुन्छ भन्ने निर्णय गर्नुपर्छ। धूमपान त्याग्नुपर्छ।’
बुढेसकालबारेमा अझै धेरै कुराहरू छन्, जुन हामीलाई थाहा छैन। क्याथी स्ल्याक भन्छिन् कि ऐतिहासिक रूपमा हामीले रोग प्रक्रियामा बढी ध्यान केन्द्रित गरेका छौं।
क्यान्सर र अन्य रोगमा काम गर्ने धेरै वैज्ञानिकहरू छन्। तर अहिले उहाँजस्ता व्यक्तिको समूह छ, जसले रोगाई उमेरसँग सम्बन्धित रोगको रूपमा हेरिरहेका छन्। यसरी धेरै रोगको उपचारका नयाँ विधि विकास गर्न सकिन्छ।
बुढ्यौलीपन कम गर्ने रोचक प्रयोग
ल्बर्ट आइन्स्टाइन कलेजको एजिंग अनुसन्धान संस्थानका निर्देशक नीर बर्जिलाई बताउँछन्, ‘मेरो प्रयोगशालामा हामी देखाउँछौं कि प्रयासले बुढ्यौली प्रक्रियालाई ढिलो गर्न सक्छ। केही अवस्थामा यसलाई रोक्न सकिन्छ र केही अवस्थामा यसलाई सुस्त बनाउन सकिन्छ।’
विश्वमा सय वर्ष वा सोभन्दा बढी उमेरका मानिस कति छन् भन्ने अनुमान गर्न गाह्रो छ। सन् २०२१ मा त्यस्ता पाँच लाख ७३ हजार मानिस रहेको संयुक्त राष्ट्रसंघको जनसंख्या विभागको अनुमान छ।
डा. नीर बर्जिलाई आफ्नो अनुसन्धानबारेमा बताउँछन् कि धेरैभन्दा धेरै मानिस सय वर्ष वा त्योभन्दा बढी बाँच्छन्। यसका लागि उनीहरूले खोजी र प्रयोग गरिरहेका छन्। उनले सय वर्ष पुगेका साढे सात सय मानिस र तिनका परिवारबाट पनि सहयोग लिइरहेका छन्।
उनीहरू यस्तो जीनको खोजीमा छन्, जसबाट बुढेसकालको गतिलाई सुस्त बनाउन सकिन्छ। यो जानकारी औषधी बनाउन पनि प्रयोग गर्न सकिन्छ।
उनको टोलीले वृद्धावस्थासँग सम्बन्धित तीन वटा सम्भावनामा काम गरिरहेको छ। यीमध्ये पहिलोको उद्देश्य प्रक्रियालाई सुस्त बनाउनु हो । यसलाई काल्पनिक पात्र ‘डोरियन ग्रे’ को नामबाट राखिएको हो, जसलाई उमेरले असर गर्दैन तर यो प्रभाव उनको लुकेको चित्रमा देखिन्छ।
नीर बर्जिलाई भन्छन्, ‘दोस्रो चरण हो, जसलाई हामी ‘युवावस्था’ भन्छौं। यो सबै मानिसलाई जवान बनाउनका लागि हो। यो बनाउन सबैभन्दा गाह्रो छ। तेस्रो सबैभन्दा रोमाञ्चक छ। यसको नाम ‘पिटर पेन’ हो। यो काल्पनिक चरित्र हो। उमेर पुग्दैन। मानिसलाई उनीहरूको २० वा ३० वर्षमा ल्याउने विचार हो। उनीहरूलाई प्रत्येक केही महिना वा वर्षमा एक पटक उपचार दिनुपर्छ। उनीहरूलाई बुढ्यौलीका लागि उपचार गरिनेछ। प्रभाव रोक्न वा यसको गति सुस्त हुनुपर्छ। बायोमार्करहरू अणु हुन् जसले आन्तरिक रोगलाई संकेत गर्दछ। जस्तै, कोलेस्ट्रोल, जसले हृदय रोगलाई संकेत गर्दछ। तर बुढेसकाल पहिचान गर्न यस्ता मार्करहरू फेला पार्न सजिलो छैन।
नीर बर्जिलाई भन्छन्, ‘हामीलाई धेरै बायोमार्करहरू चाहिन्छ। हामी दुई वटा जानकारी दिन सक्ने बायोमार्करहरू खोज्दै छौं। पहिलो हो कि तिनले वास्तविक उमेर र जैविक उमेरबीचको भिन्नता बताउन सक्छन्। जस्तो, केही मानिसलाई उनीहरूको उमेर थाहा छ। उमेरभन्दा कम बढी देखिने। दोस्रो, हामी जुन औषधी प्रयोग गर्दा बायोमार्करहरूमा परिवर्तन देखाउनका लागि उमेर ढिलो गर्न चाहन्छौं।’
वृद्धावस्था रोक्ने उद्देश्यले तयार पारिएका कतिपय औषधीले नियामक निकायबाट स्वीकृति पाएका छन् र त्यसको तयारी पनि भइरहेको छ। तिनीहरू अन्य परिस्थितिमा पनि प्रयोग गरिन्छ। उदाहरणका लागि प्रत्यारोपणपछि यी औषधी दिइन्छ ताकि शरीरले अंगलाई स्वीकारोस्।
डा. नीर बर्जिलाई टाइप २ मधुमेह नियन्त्रण गर्न प्रयोग गरिने ‘मेटफर्मिन’ नामक औषधीको दोस्रो उद्देश्यका लागि क्लिनिकल परीक्षण अभियानको नेतृत्व गर्दै छन्।
के तपाईंको जीवनमा केही ठूलो सफलता हुनेछ भन्ने आशा गर्नुहुन्छ? बीबीसीले सोधेको यो प्रश्नमा, उनले भने, ‘हो, अवश्य पनि। हामी दुई वर्षमा के गर्न सक्छौं भनेर अनुमान गर्दै छौं।’ मलाई लाग्छ कि यो क्षेत्रमा ठूलो लहर चलिरहेको छ। संसारभरका धनी मानिसले पनि यसमा लगानी गरिरहेका छन् र यसले गति लिँदै छ।’
साथीहरूसँगको घुलमिलले उमेर बढाउँछ
हार्वर्ड मेडिकल स्कुलका मनोचिकित्सकका प्रोफेसर रोबर्ट वाल्डिंगर भन्छन्, ‘अरूसँग राम्रो सम्बन्ध राख्ने र न्यानो सम्बन्ध राख्ने व्यक्तिहरू नमान्ने मानिसको तुलनामा लामो र स्वस्थ जीवन बाँच्ने प्रवृत्ति हुन्छ।’ रोबर्ट वाल्डिंगर हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्टका निर्देशक पनि हुन्।
उनी बताउँछन्, ‘यो हाम्रो अध्ययनको ८४औं वर्ष हो। हाम्रो जानकारीअनुसार मानिसको एउटै समूहमा गरिएको सबैभन्दा लामो अध्ययन पनि हो। यो तिनीहरू किशोरावस्थामा हुँदा सुरु भएको थियो। यो तिनीहरूको उमेर नपुग्दासम्म जारी रहन्छ।
अब हामीले उनीहरूको हेरचाह गरेका छौं। बालबालिकाको अध्ययन सुरु गरेका छौं। मानव जीवनमा के गल्ती भयो भनेर पत्ता लगाउने प्रयास गरेका छौं। यसले जीवनलाई सही मार्गमा अघि बढाउने अध्ययनमा पनि मद्दत पुग्नेछ।’ यो अध्ययन १९३८ मा सुरु भएको थियो।
रोबर्ट बताउँछन् कि सुरुमा त्यहाँ सात सय २४ जना सहभागी थिए। तीमध्ये अधिकांशको मृत्यु भइसकेको छ। तर नब्बे, सय वर्षभन्दा माथिका कतिपय मानिस अझै जीवित छन्।
उनी भन्छन् कि यस अध्ययनले हामीलाई थाहा भएका केही कुरा पत्ता लगाएको छ। यी हुन् पौष्टिक आहार र जीवनशैलीका बानी, जसले लामो जीवन जिउन मद्दत गर्छ।
रोबर्टका अनुसार यो अध्ययनले अन्य व्यक्तिसँग बढी सम्बन्ध राख्ने आफ्नो वरपरका मानिससँग बढी जोडिएको र न्यानोपनले मानिसलाई स्वस्थ रहन मद्दत गरेको देखाएको छ।
रोबर्ट वाल्डिंगर भन्छन्, ‘यसबारे धेरै अनुसन्धान भइसकेको छ। यस मामिलामा सबैभन्दा राम्रो परिकल्पना भनेको तनाव र तनावमाथि विजयी हुने कुरा हो। मानौं, यदि दिनभरि केही घट्यो, जसले तपाईं वा कसैलाई मन नपराउने कुरा भयो भने विवादमा पर्नुभयो भने शरीरमा कसिलोपन महसुस हुनेछ। तपाईं पहिला घर जानुहोस्। तपाईंको कुरा सुन्ने विश्वासिलो व्यक्ति हुनुहुन्छ भने तपाईंको तनाव कम भएको महसुस हुनेछ।’ उनी भन्छन्, ‘हामी विश्वास गर्छौं कि जो एक्लै छन्, तिनीहरूको क्रोध कहिल्यै पूर्ण रूपमा कम हुँदैन। उनको शरीरमा सधैं हल्का तनाव हुन्छ। यसले शरीरको प्रणालीलाई बिगार्न थाल्छ। अनुसन्धानमार्फत जानकारी पाएका छौं कि राम्रो सम्बन्धले हामीलाई तनावबाट बाहिर आउन मद्दत गर्दछ।’
सम्बन्ध लामो जीवनका लागि महत्त्वपूर्ण छ। तर केही व्यक्तिहरू छन् जो एक्लोपन मन पराउँछन्।
उनीहरूका लागि रोबर्ट वाल्डिंगर भन्छन्, ‘यो एउटा महत्त्वपूर्ण बिन्दु हो। हामी सबै राम्रा मानिससँग सम्पर्कमा रहन चाहन्छौं। हामीमध्ये कोही कम बोल्ने तथा गुपचुप रहने खाले छौं। यो कुनै समस्या होइन। कम बोल्ने स्वभावकाहरूले आफू वरपरका अधिकांश मानिस तनावमा छन् भन्ने सोच्छन्।
उनीहरूलाई एक वा दुई जना नजिकको मान्छे चाहिन्छ। उनीहरूका लागि यो पर्याप्त छ। स्वस्थ जीवनका लागि कति सम्बन्ध हुनुपर्छ भन्ने सन्दर्भमा एउटै सूत्र सबैमा लागू हुँदैन। यति मात्र होइन, घरपालुवा जनावरले पनि हामीलाई खुसी दिन र तनाव कम गर्न सक्छन्।’
रोबर्ट बताउँछन् कि उनले ७० वा ८० वर्षभन्दा माथिका मानिसको पनि अध्ययन गरेका छन्। उनीहरूले आफ्नो जीवनमा पहिलो पटक सम्बन्ध राख्ने प्रयास गरेका छन्। केही मानिस पहिलो पटक प्रेममा परेका छन्। त्यसैले समय कहिल्यै ढिलो भएको छैन भन्न सकिन्छ।
सय वर्ष बाँच्ने उपाय के हो?
यस्तो कुनै उपाय ग्यारेन्टीसँग भन्न सकिँदैन तर यदि तपाईं एकभन्दा बढी कुरा गर्नुहुन्छ भने यसले मद्दत गर्न सक्छ। आफ्नो आहार सही राख्नुहोस्। शारीरिक गतिविधि कायम राख्नुहोस्। तपाईंले कुरा गर्न सक्ने साथी वा पाल्तु जनावर खोज्नुहोस्। यदि तपाईं एक देशमा बस्नुहुन्छ, जहाँ वृद्धहरूको संख्या युवाभन्दा बढी छ, त्यहाँ परिवर्तनहरू हुन सक्छ। जहाँ तपाईंको जीवनको साँझ उज्यालो र आरामदायी छ।
बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने वा सम्पूर्ण प्रक्रियालाई उल्ट्याउने सूत्र अहिलेसम्म उपलब्ध छैन तर वैज्ञानिकहरू यस दिशामा काम गरिरहेका छन्। यो नहुँदासम्म रोबर्ट वाल्डिंगरको यो सल्लाह तपाईंका लागि तपाईंको शरीरको यसरी हेरचाह गर्नुभयो भने तपाईंलाई सय वर्ष आवश्यक पर्दछ।
(बीबीसी हिन्दीमा प्रकाशित सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)