शनिबार, मंसिर ६, २०८२

एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलका वीरबहादुर विजयी

वीरबहादुरले ४४ मत प्राप्त गर्दा शिक्षित पराजुली ४ मतले पछि परे। सोमबार बूढानीलकण्ठमा भएको मतदानमा ४५ मत ल्याएर नेम्वाङ निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत प्राप्त गरे। अध्यक्षकै अर्का प्रत्यासी राजीव पौडेलले भने एक मत पनि पाएनन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी भएका छन्। अध्यक्षमा निर्वाचित पंकज विक्रम नेम्वाङ प्यानलका उनले कर्मा छिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराउँदै विजयी बनेका हुन्। 

National life

वीरबहादुरले ४४ मत प्राप्त गर्दा शिक्षित पराजुली ४ मतले पछि परे। सोमबार बूढानीलकण्ठमा भएको मतदानमा ४५ मत ल्याएर नेम्वाङ निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत प्राप्त गरे। अध्यक्षकै अर्का प्रत्यासी राजीव पौडेलले भने एक मत पनि पाएनन्। 

एन्फा चुनावमा ८७ मत हुन्छ, जसअनुसार ४५ जिल्ला पर्छन्। तर सिन्धुली र भक्तपुरले यो निर्वाचनमा भोट हाल्न पाएनन्। निर्वाचनमा १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब र राष्ट्रिय लिगमा छनोट भएका चार क्लबले पनि मताधिकार पाएका छन्। त्यस्तै महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघका एक–एक प्रतिनिधिले चुनावमा मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ।

कर्मा प्यानलबाट उपाध्यक्षहरुमा कुमार बहादुर केसी, रत्न कुमार श्रेष्ठ, उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा छन्। त्यस्तै, सदस्यहरूमा दीपक थापा, प्रविन यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, राम राजा गुरुङ, टिकाराम लामा, प्रदेश सिंह राथोड, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मनि राज मिश्र र मनिश जिसी छन्।

नेम्वाङको प्यानलबाट उपाध्यक्षमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा चुनवी प्रतिस्पर्धामा छन्। सदस्यमा प्रविण सुवाल, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, विजय घले, नेपाल कार्की, तपेश्वर राउत, विकास नारायण श्रेष्ठ, भोजराज शाही, रविन्द्र चन्द र अनिल मल्ल उम्मेदवार छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2022| 21:04 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।