बिहीबार, वैशाख १७, २०८३

राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको पहिलो चरण सकियो

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएका छन्। नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा सोमबारदेखि पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सुरु प्रतियोगिताको पहिलो चरणका खेल सोमबारै पूरा भएका हुन्। 

National life

प्रतियोगितमा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाएका छन्। फाइनलका लागि सिनियर महिला तथा पुरुषबाट ९/९ जना जुनियर छात्रबाट ९ जना र जुनियर छात्राबाट ३ खेलाडी छनोट गरिने आयोजकले बताएको छ।

 उनीहरुले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गर्नेछन्। फाइनल चरणको प्रतियोगिताको निर्णायकका लागि भारत र मालदिभ्सबाट दुई जना निर्णायकहरु पोखरा आउने अध्यक्ष खनालले जानकारी दिए। फाइनल खेल मंगलबार हुने छ।

प्रतियोगितामा उपाधि विजेता खेलाडीले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुन सकेको थिएन। पोखरामा तेश्रो पटक प्रतियोगिताको अघिल्ला बाँकी दुई संस्करण काठमाडौमा भएको थियो।


प्रकाशित: Jun 20, 2022| 19:50 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।