आइतबार, असोज १८, २०८३

दाना उत्पादनसँगै किसान हर्षित

खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

बाँके- खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ। कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको  भवन निर्माण गर्नुका साथै आवश्यक उपकरण पनि जडान गरिएको हो।

सो कार्यका लागि हालसम्म एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शङ्कर न्यौपानेले जानकारी दिए। उनका अनुसार भवनका लागि ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि ६४ लाख जति खर्च भएको छ। 

 उद्योगबाट प्रतिघण्टा छ टन दाना उत्पादन गर्न सकिने छ। उत्पादित दाना फर्ममा रहेका  कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र  चल्ला तथा कुखुरा खरिद गरेर लैजाने किसानलाई सहुलियत दरमा बिक्री गरिने उनले बताए। 

उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो दश रुपैया  सस्तोमा किसानलाई बिक्री गरिने लक्ष्य रहेको फार्मले जनाएको छ। सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन्।


प्रकाशित: Aug 08, 2021| 13:45 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्