सोमबार, असार ८, २०८३

हेलिकोप्टर उडानमा दुई पाइलट अनिवार्य

सरकारले हेलिकोप्टर उडानमा कम्तीमा दुई जना पाइलट अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- सरकारले हेलिकोप्टर उडानमा कम्तीमा दुई जना पाइलट अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो। पाइलटको व्यवस्था सम्बन्धित कम्पनी आफैले गर्नुपर्नेछ। 

National life

'स्वचालित प्रणालीले तोकेबमोजिम २ (दुई) जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था समेत हेलिकप्टर कम्पनीले गर्नुपर्नेछ,' निर्णयपछि जारी विज्ञप्तिमा भनिएको छ।

उडान सुरक्षालाई सुदृढीकरण गर्न र व्यवस्थित गर्न हेलिकप्टर उडानपूर्व विविध विषयको जानकारी दिने स्वचालित विद्युतीय प्रणाली सञ्चालनमा ल्याउने प्राधिकरणको निर्णय छ। मौसमी अवस्था, उड़ान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्था तथा अन्य अवस्थालाई मध्यनजर गरी यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको प्राधिकरणको भनाइ छ। स्वदेशी पाईलट उत्पादन गरी आत्मनिर्भरताका लागि हेलिकप्टर कम्पनीले ३ वर्षभित्र पाइलट तयार पार्ने गरी कार्ययोजना समेत पेस गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ। 

अब हवाईजहाज सञ्चालक कम्पनीले २०७९ असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी दिनको पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने छ। हेलिकोप्टर कम्पनीका हकमा यस्तो व्यवस्था ७ गतेदेखि लागू हुने प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

प्रकाशित: Jun 19, 2022| 20:46 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्