सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकले नेपाललाई गरेको वित्तीय सहायता तीन अर्ब डलर पुग्यो

विश्व बैंकले नेपाललाई गरेको वित्तीय सहायता तीन अर्ब डलर पुग्यो

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेटवार्ता भएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री शर्माले विश्व बैंकले गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए।

National life

उनले भने,  ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ।’ पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलर वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो। हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको तथ्यांक अर्थ मन्त्रालयको छ। केही महत्त्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरु निकै महत्त्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए।

मन्त्री शर्माले भने, ‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्नु हामी सबैको प्रयास रहनेछ।’ सो अवसरमा आर्थिक वर्ष ०७९–०८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले बताए।

सो अवसरमाा विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन्। उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पुर्‍याउने जानकारी गराइन्।

Shivam cement

प्रकाशित: Jun 19, 2022| 14:20 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्