आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चिनीको मूल्य बढाउनेमाथि वाणिज्य विभागको स्पष्टीकरण माग

चिनीको मूल्य बढाउनेमाथि वाणिज्य विभागको स्पष्टीकरण माग

चिनी व्यापार गर्ने सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मौज्दात रित्तिएसँगै निजी क्षेत्रका व्यापारीले अस्वाभाविक मूल्य बढाएपछि छानबिनमा उत्रियो वाणिज्य विभाग।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वाभाविक मूल्यवृद्धि गरिनुको कारणबारे यथार्थ जानकारी दिन व्यापारीहरूलाई स्पष्टीकरण सोधेको छ।  

भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई मूल्य बढ्नुको कारण सोधेको हो।

चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको मौज्दात र मूल्यबारे जानकारी मागिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए। ‘चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबारे छलफल गरेका थियौं,’ महानिर्देशक शर्माले भने, ‘सरकारी कम्पनीसँग चिनी भेटिएन। निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण मागेका छौं।’

केही दिन ९५ प्रतिकेजी रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११५ रुपैयाँसम्म पुर्‍याइएको छ।

प्रकाशित: Jun 19, 2022| 12:54 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्