आइतबार, असोज ११, २०८३

'मोर लोकल मोर ग्लोबल' अवधारणामा भिभो

भिभोले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको बताएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– भिभोले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको बताएको छ। यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल उसको दाबी छ।

भिभोले स्थानीय स्रोत परिचालनमा विशेष ध्यान केन्द्रित गर्दै मोर लोकल मोर ग्लोबल रणनीतिमा जोड दिइरहेको छ। भिभोले विविधतामा विश्वास गर्ने र एफएमसीजी, हस्पिटालिटी, इलेक्ट्रोनिक्स लगायत विभिन्न उद्योगमा अनुभव बटुलिसकेका कर्मचारीहरु कम्पनीमा आवद्ध रहेको बताइएको छ। नेपालमा भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिकतामा राखिएको जानकारी दिएको छ। 


प्रकाशित: Jun 19, 2022| 12:28 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्