आइतबार, असोज ११, २०८३

उच्च ब्याट्री क्षमताको नोकिया जी २१ नेपाली बजारमा

नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ। यो एन्ड्रोइड स्मार्टफोनमा तीन दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको कम्पनीको दावी छ। सुपर ब्याट्री सेभर मोडको सुविधा यसमा छ। 

एसिया प्यासिफिक र चीनको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले बनावट मात्र बलियो नभई यसको ओएस र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको दाबी गरे। उनले भने,  ‘ओएसमा २ वर्ष र सेक्युरिटी अपडेट ३ वर्षसम्म गर्न मिल्ने हुनाले धेरै पछिसम्म पनि नयाँ फोन चलएको आभास हुन्छ।’ नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहिचान गरी अनलक गर्न सक्छ।

भर्सटायल ट्रिपल–लेन्स क्यामेराको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ। कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सबाट बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिने कम्पनीले जनाएको छ।

यो नयाँ फोन कडा पोलीकार्बोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको कम्पनीको दावी छ। ६–१२८ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ। 

प्रकाशित: Jun 19, 2022| 12:17 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्