आइतबार, असोज ११, २०८३

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

गत शुक्रबार प्रतितोला सुन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको छ। 

चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ भएको छ। शुक्रबार प्रतितोला १२ सय ७५ मा किनबेच भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस १८४०.२५ डलर छ। शुक्रबारभन्दा प्रतिऔंस ५.०९ डलरले घटेको हो। चाँदीको प्रतिऔंस २१.६८ डलर छ। गत शुक्रबार चाँदी २१.८६ डलर थियो।

प्रकाशित: Jun 19, 2022| 11:47 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्