आइतबार, असोज ११, २०८३

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका बालेन्द्र साह (बालेन) ले कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउलान् भन्ने चासो सर्वत्र छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले आइतबार दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ।

दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिने महानगरले जनाएको छ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका बालेन्द्र साह (बालेन) ले कस्तो नीति तथा कार्यक्रम र बजेट ल्याउलान् भन्ने चासो सर्वत्र छ।

नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पारित गराउन राजनीतिक दलका जनप्रतिनिधिको साथ आवश्यक पर्छ।

नीति तथा कार्यक्रमबारे छलफल गर्न आइतबार बिहान महानगरपालिकाको कार्यपालिका बैठक बसेको थियो।

अघिल्ला बैठक लाइभ गर्दै आएको महानगरले आइतबारको बैठक भने लाइभ गरेन। बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले बताएको छ।

प्रकाशित: Jun 19, 2022| 10:50 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्