सुर्खेत- वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।
प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
मृत्यु हुने हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ।
ठक्कर पछि घाइते ऐडीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। ऐडीलाई शुक्रबार साँझ १०:४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए।
प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ।