काठमाडौं- सवारी चालक अनुमतिपत्रका लागि परीक्षा दिँदै गरेकानक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।
उनले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका थिए। उनी थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिन गएका थिए।
यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट खड्का पक्राउ परेका हुन्।
उनीमाथि मुलुकी अपराध संहिता ऐन,२०७४ अनुसार लिखतसम्बन्धी कसुरमा जिल्ला अदातल काठमाडौंबाट ४ दिनको म्याद थपेर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ।