बिहीबार, साउन २१, २०८३

नागार्जुनबाट ७९४ लागूऔषधसहित एक पक्राउ

प्रहरीले काठमाडौंको नागार्जुनबाट ७९४ एम्पुल लागूऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं-  प्रहरीले काठमाडौंको नागार्जुनबाट ७९४ एम्पुल लागूऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-४ का ५१  वर्षीय राजन भेले रहेको प्रहरीले जनाएको छ।

उनको साथबाट लागूऔषध डाइजेपाम २४५ एम्पुल, फेनेरगन २७६ एम्पुल, नुफिन २७३ एम्पुल र एउटा  मोबाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

नागार्जुन नगरपालिका ६ जयन्ती गाउँमा डेरा गरी बस्ने भेलेले आफ्नो कोठामा लागूऔषध जम्मा गरी कारोबार गरिरहेको सूचना प्रहरीले पाएको थियो। यसैको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनको कोठाबाट लागूऔषध फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

भेलेमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jun 18, 2022| 09:25 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।