बिहीबार, साउन २१, २०८३

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, ११ जना घाइते

धादिङको निलकण्ठ नगरपालिका-८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

धादिङ- धादिङको निलकण्ठ नगरपालिका-८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

मलामी लिएर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

गएराति करीब १० बजे मलामी बोकेर मैदी जाँदै गरेको बा४ख १२२९ नम्बरको स्वराज गाडी मैदीभञ्ज्याङमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते भएका ११ जनामध्ये ज्वालामुखी २ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, ज्वालामुखी ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ।

घाइतेमध्ये ६ जना जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jun 18, 2022| 09:07 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।