काठमाडौं- पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।
वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्व बनेको थियो।
पहिरो हटाएर बिहान २:३० बजेदेखि यातायात दुईतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।