बिहीबार, साउन २१, २०८३

धनगढीमा जिप दुर्घटना, चार जना घाइते

धनगढी उपमहानगरपालिका-४ पुरानो यातायात कार्यालय अगाडि शनिबार बिहान सु.प.प्र.०१००१ च ३५९५ नम्बरको बोलेरो जिप पल्टिएको प्रहरीले बताएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

धनगढी- धनगढीमा जिप दुर्घटना चार जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-४ पुरानो यातायात कार्यालय अगाडि शनिबार बिहान सु.प.प्र.०१००१ च ३५९५ नम्बरको बोलेरो जिप पल्टिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अछामबाट बिरामी बोकेर धनगढीतर्फ आउँदै गरेको उक्त जिप आफै अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा बिरामी समेत रहेका अछामको मेल्लेख गाउँपालिका-८ का भरत ठकुल्ला, सोही ठाउँकी ४५ वर्षीया सरुदेवी ठकुल्ला, ३२ वर्षीय टिकाराम ठकुल्ला र ३८ वर्षीय जंगबहादुर साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनीहरू सबैलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको र जिप घटनास्थलमै रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। चालक मेल्लेख-४ का २३ वर्षीय तिलक साउदलाई नियन्त्रणमा लिइएको उनले बताए। 

प्रकाशित: Jun 18, 2022| 07:37 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।